प्रदेश १ माथि फराकिलो जितसंगै पुलिस शिर्षस्थानमा

पाेखरा | असोज २६, २०७९

प्रदेश १ माथि फराकिलो जितसंगै पुलिस शिर्षस्थानमा

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

 

जितसंगै पुलिस क्लव समुहको शिर्षस्थानमा पुगेको छ । समुहमा सम्पन्न दुई खेलमध्य पुलिसले दुवैमा जित हाँसिल गर्दै ४ अंक जोडेको छ । बुधबारको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको फराकिलो जित निकाल्यो । 

 

पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा १ सय ५८ रनको योगफल तयार पार्दा प्लेयर अफ द म्यान समेत चुनिएकी सम्झना खड्काले प्रतियोगिताकै पहिलो अर्धशतक हानिन् । ४३ बलको सामना गरेकी सम्झनाले १० चौका प्रहार गर्दै ६० रन जोडेकी हुन् । पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षेत्रीले १६ रन बनाए ।

 

प्रदेश १ को वलिङमा निशा शाहले १ विकेट लिइन भने पुलिसका दुई खेलाडी रनआउट भएका थिए । जितका लागि १ सय ५९ रन पछ्याउने क्रममा पुरै २० ओभर खेलेको प्रदेश १ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो । जसमा क्याप्टेन सनु राजबंशिले ११ रनको पारी खेलिन् । पुलिसको बलिङतर्फ हिरनामयी रोयले ३, सबनम राई, कविता कँुवर र कविता जोशिले समान एक एक विकेट लिए । 

 

बुधबारको अर्को खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिला व्याटिङ गरेको लुम्बिनीले पुरा २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २७ रन बनायो । लुम्बिनीको व्याटिङमा लक्ष्मी चौधरीले ३ चौकाको मद्धतमा ३१, सरस्वती घर्ती मगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डिसीले १२ रन जोडिन् । कर्णालीको बलिङमा अन्जु गुरुङले २ र अन्जिला क्षेत्रीले १ विकेट लिइन् ।

 

जितका लागि १ सय  २८ रन पछ्याएको कर्णाली मात्रै २३ रनमा समेटियो । कर्णालीले ८.३ ओभरमै सबै विकेट गुमाउँदा किरण कुँवरको ५ रन सर्वाधिक बन्न पुग्यो । लम्बिनीको बलिङमा प्लेयर अफ द म्याच मधु डिसीले आफ्नों स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, कृतिका मरासिनीले २ र सुस्मिता भुषालले १ विकेट लिइन् । जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ । 

 

प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लव र गण्डकी प्रदेशविच पहिलो तथा मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशविच दोश्रो खेल हुनेछ । 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्